म्यानमारमा लोकतन्त्र बहाली गर्न प्रदर्शन

180

काठमाडौं । म्यानमारमा लोकतन्त्र बहाली गर्न माग गर्दै  काठमाडौंमा प्रदर्शन भएको छ। मानवअधिकार तथा शान्ति समाजले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो।

प्रदर्शनका सहभागीहरुले म्यानमारमा लोकतन्त्र बहालीको माग गर्दै भइरहेको प्रदर्शनमा सेनाले गरिरहेको बर्बर दमनको निन्दा गरेका छन्।

उनीहरुले रक्तपात रोकेर लोकतन्त्र बहाली गर्न माग गरेका छन्। उनीहरुले म्यानमारमा भइरहेको हत्या र दमन अन्त्य गर्न संयुक्त राष्ट्र संघले प्रभावकारी कदम चाल्नुपर्ने जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here