राजमो चौथो महाधिवेशनमा जुट्याे

354

काठमाडौं/आसन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय महाधिवेशनको लागि नेता कार्यक्रताहरू जुटेका छन्।

यही चैत २४, २५ र २६ गते हुने राष्ट्रिय जनमोर्चाको महाधिवेशनका लागि तीव्र रूपमा तयारी भइरहेको जनमोर्चाले जनाएको छ।

बुटवलमा हुने महाधिवेशनका लागि देश विदेशबाट समेत  प्रतिनिधि आउने भए पनि हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै जनमोर्चाले प्रतिनिधि मुलक बनाइन लागिएको राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले जनाए।

नेता शर्माले भने, ‘बुटवलमा हुने महाधिवेशनका लागि हामी लागि रहेका छौँ। अन्तर्राष्ट्रिय समुदायमा रहेका हाम्रो मुल प्रवाह नेपाली एकता समाजहरूबाट समेत प्रतिनिधि आउने तयारी भइसकेको छ।’

जनमार्चाले कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गर्दै र्‍याली जुलुज नगरिकन महाधिवेशन गर्ने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here