सेयर बजारमा नेप्से ३२ अंकले बढ्याे

81

काठमाडाैं । आज सेयर बजारको परिसूचक नेप्से ३२ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २५७५ अंकमा कायम भएको छ।

मंगलबार कारोबार रकम पनि बढेको छ। कुल ६ अर्ब १८ करोड रुपैयाँको सेयर किनबेच भयो। बैंकिङ ८, होटल तथा पर्यटन ११२, विकास बैंक ७, जलविद्युत ९५, फाइनान्स २, निर्जीवन बीमा ३९८, अन्य १०, लघुवित्त १४९ र जीवन बीमा १८६ अंकले बढेका छन्।  ब्यापार समूह २९ अंकले घट्यो भने उत्पादन १ अंकमुनि रातो रह्यो।

यस दिन ५ कम्पनीको मूल्य करिब १० प्रतिशतले अर्थात साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। ओमी माइक्रोफाइनान्स, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र समिट लघुवित्तको मूल्य करिब १० प्रतिशतले बढेको हो।

स्वाभिमान लघुवित्तको मूल्य करिब साढे ९ प्रतिशतले बढेको छ। प्रभु लाइफ इन्स्योरेन्स र माथिल्लो तामाकोसीको मूल्य ८ प्रतिशत बढेको छ।  साथै युनाइटेड इदी मर्दीको मूल्य ५ प्रतिशतले घट्यो। त्यस्तै निफ्राको मूल्य २.३ प्रतिशतले घटेकाे छ।  कारोबारका आधारमा निफ्रा अग्रस्थानमा रह्यो। सो कम्पनीको ४८ करोड रुपैयाँ बराबरको कारोबार भयो भने निर्धन उत्थान लघुवित्तको ४३ करोड रुपैयाँ बराबरको कारोबार भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here