कोरोना संक्रमणको त्रास फैलाएर सरकारले आफ्नो जिम्मेवारी पूरा गरेको ठानेको छ

76

-राज्यलक्ष्मी शाक्य

पहिलो चरणको कोरोना संक्रमण नेपालमा आइपुग्न निक्कै लामो समय लागेको थियो । प्रधानमन्त्री केपी ओलीले संसद भवनमै पुगेर नेपालीहरुलाई कोरोना संक्रमण हुन नसक्ने दावीसमेत  गर्नु भएको थियो । विश्वका धेरै जसो देशहरुमा कोरोना संक्रमणकै कारणबाट मानिसहरु हजारौंको संख्यामा मरिरहेका अवस्थामा पनि नेपाल संक्रमणबाट बचेको थियो । अन्य देशहरुले अपनाएको जस्तै सुरक्षाका उपायहरु नेपालमा पनि अपनाइएका थिए । तर पनि संक्रमण नेपाल प्रवेश गर्न लामो समय लागेको थियो । त्यही कारणले नेपालीहरुलाई कोरोना संक्रमण नहुने दावी गर्न प्रधानमन्त्रीलाई आधार बनेको थियो ।

दोस्रो चरणको कोरोना संक्रमणले विश्व आक्रान्त बनिरहेको छ । छोटो समयमै छिमेकी देश भारतमा पनि दोस्रो संक्रमणको रफ्तार बढेको छ । नेपालसँग खुल्ला सिमाना भएको कारण भारतबाट संक्रमण आयात हुने  खतरा बढेको छ ।

सरकारले नेपाली जनताका नाममा स्वास्थ्य मन्त्रालयको तर्पmबाट सावधानी अपनाउन सूचना जारी गरेको छ । सूचना जारी गर्ने बाहेक अन्य सुरक्षाका उपायहरु अपनाउने तर्पm सरकारले कुनै काम गर्ला भनेर आशा गर्नु व्यर्थ छ । पहिलो चरणको संक्रमणलाई नेपाली जनताले जसरी दुखपूर्ण तरिकाले सामना गरेका थिए, त्यसैगरी दोस्रो चरणको संक्रमणलाई  आइपरे  सामना गरौंला भनेर तयारीमा बस्ने बाहेक अर्को विकल्प हामी नेपाली जनता समक्ष छैन । नेपालले चाहेर मात्र भारतबाट हुने खुल्ला आवागमनलाई रोक्न सक्ने अवस्था छैन । नेपाल सरकारले भारत सरकारको दवावलाई स्वीकार गर्न बाध्य हुने दृष्टान्त हामीसँग पहिलो चरणको  कोरोना संक्रमण कालमा पीडादायी अनुभवका रुपमा रहेको छ ।

भारतमा संक्रमणको दोस्रो लहर चलेसँगै  अहिले फेरि सरकारले नेपालमा सूचना जारी गरेको छ । एक सातासम्म पनि खोकी निको नभएपछि वीरगञ्जका ३० वर्षीय एक युवा नारायणी अस्पतालमा पुगेर उनको कोरोना परीक्षण गर्दा  पोजिटिभ देखिएपछि स्थिति भयावह हुने संकेत गरेको छ । उनी दुई साताअघि भारतको कोलकाताबाट नेपाल आएका थिए । भारतबाट आए लगत्तै खोकी लाग्ने समस्याले उनलाई सताउन थाल्यो । खोकी निको नभएपछि मात्र उनी वीरगञ्जको नारायणी अस्पतालमा पुगेका थिए । त्यसैगरी भारतको दिल्ली भ्रमण गरेर आएका तीन जनालाई कोरोना संक्रमण देखिएपछि बुटवलमा होम आइसोलेसनमा बसेको थाहा भएको छ ।

भारतबाट आउने नेपालीहरूमा कोरोना संक्रमणसँगै त्यसका कारण कडा खालको निमोनिया पनि देखिएको छ । भारतमा देखिन थालेको कोरोना संक्रमण नयाँ प्रजातिको हो वा पुरानै हो भन्ने यकिन भइसकेको छैन । तर भारतबाट नेपाल आउनेहरूमा पनि कडा खालको निमोनिया देखिनुले यो नयाँ भाइरस भित्रिएको हो कि भन्ने आशंका बढाएको छ ।

भारतमा संक्रमण बढ्दै जाँदा निकट आइरहेको होलीपछि भारतको संक्रमण नेपालमा प्रवेश गर्ने जोखिम उच्च भएको छ । भारतमा देखिएको कोरोना संक्रमण नेपालमा प्रवेश गर्न नदिन सरकारले होली पर्वलाई लक्षित गरी सीमा नाकामा विशेष स्वास्थ्य सतर्कता अपनाउनुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन्,  तर सरकार कसैको सुझाव सुन्ने पूmसर्दमा देखिदैन ।

सुदूरपश्चिम प्रदेशमा पनि भारतबाट नेपाल फर्कनेको संख्या बढ्दै गएपछि नाकामा निगरानी बढाउन सुरु गरिएको छ । उपत्यकाका अस्पतालमा भर्ना भएका संक्रमितहरुमा पनि कडा खालको नियमोनिया देखिएको जनाइएको छ ।

यता, काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार केही दिन अघि काठमाडौंको एक होटलमा ५० जनाको जमघट हुँदा त्यहाँ सहभागी भएकामध्ये ४० जनाले पिसिआर परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको जानकारी गराएको छ । संक्रमण देखिएकामध्ये ७ जना अस्पताल भर्ना भएको पनि अस्पताल सुत्रले जनाएको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर बढ्दै गएपछि नेपालमा पनि जोखिम बढ्नु स्वाभाविक हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालको तथ्यांकले पनि नेपालमा कोरोना संक्रमणको जोखिम विस्तारै बढ्दै गएको पुष्टि गरेको छ । जोखिम मात्र होइन, संक्रमितको संख्या पनि विस्तारै बढ्दो क्रममा छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनीले यो सरुवा रोग भएको हुँदा भारत र नेपालको सीमानाबाट हुने आवागमनलाई ध्यानदिनु पर्ने जनाउनु हुन्छ । संक्रामक रोग नियन्त्रण ऐन संशोधन गर्न डा. मरासिनीको सुझाव छ । समय सापेक्ष र आवश्यकता अनुसार ऐन संशोधन गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।

भारतमा संक्रमणको दर बढ्न थालेपछि भारतका विभिन्न प्रान्त तथा केही सहरहरुमा लकडाउन तथा रात्रीकालीन कफ्र्यु लगाउन थालिएको छ । तर ती प्रान्तमा रहेका नेपालीहरु स्वदेश फर्किदा उनीहरुसँगै नेपालमा कोरोना संक्रमण प्रवेश गर्ने जोखिम अव झनै बढेको छ । सतर्कता सँगै  प्रवेश नाका व्यवस्थापन  जरुरी छ ।  सरकारको यसत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here