आज तोलामा २ हजार ७ सय रुपैयाँले घट्याे

30

काठमाडाैं । सुनको भाउ आज एकैदिन तोलामा २ हजार ७  सय रुपैयाँले घटेको छ । सुन आज तोलामा २ हजार ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । केही दिनअघिदेखि  लगातार बढीरहेको सुनको भाउ आज भने घटेको हो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ९  सय ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ४५ रुपैयाँमा कायम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here