नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन

49

काठमाडाैंं ।  राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ ।

निमोनियाले पीडित दाहालको साेमबार उपचारकाक्रममा चाबहिलको दीर्घायु अस्पतालमा निधन भएको हो ।

पञ्चायतकाल अर्थात् २०३८ वैशाख २० गते भएको चुनावमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभएको थियो । दाहालले ६५ हजार सात सय ७७ मत ल्याउनुभएको थियो ।

श्रेष्ठलाई हराएपछि उहाँ चर्चामा आउनुभएको थियो । दाहाल २०२९ सालमा जोरपाटी गाउँ पञ्चायतको उपप्रधानपञ्च बन्नुभएको थियो ।

अविवाहित दाहाल बहिनीको घरमा बस्ने गर्नुभएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वध्यक्ष रमेश अर्यालले जानकारी दिनुभयो । उहाँको हिजो नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here