आज विश्व दुध दिवस

248

काठमाडाैं ।  विश्व दुध दिवस सातै प्रदेशमा मनाउने तयारी गरिएको छ । जुन १ तारिखका दिन विश्वभर दुध दिवस मनाउने गरिन्छ । नेपालमा भने सन् २०११ बाट विश्व दुध दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार बोर्डकै संयोजकत्वमा सरोकारवाला निकायहरु, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लि., नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी मत्स्य सहकारी संघ लि. तथा नेपाल डेरी साइन्स एसोसिएसनको सहयोगमा वृद्धवृद्धालाई दुग्धपान, दुग्ध क्षेत्रमा योगदान पु¥याउने विशिष्ट व्यक्तिलाई सम्मान जस्ता बोर्डका अनुसार सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रादेशिक दुग्ध विकास बोर्ड, पशु सेवा विज्ञ केन्द्र, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध उद्योग लगायत सरोकारवाला निकायले पनि यो दिवस मनाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here