काठमाडौं – धनुषाकाे जनकपुर उपमहानगरपालिका-१९ बेंगास्थित सडकमा ज.६ प ५०३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका-९ बस्ने १८ वर्षीय दिपेश कुमार यादबको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल सवार सोही ठाउँ बस्ने १८ वर्षीय बिन्देश्वर कुमार साहको सोही
अस्पतालमा उपचार भइरहेको छ ।
दोलखाकाे भिमेश्वर नगरपालिका-६ सिमपानीस्थित सडकमा ना.७ त ४६९४ नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा सवार कैलाली जानकी गाउँपालिका-३ बस्ने २१ वर्षीय दिपेन चौधरीको मंगलबार साँझ मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको चरिकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















