काठमाडौं- कारोबार अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ झिनो अंकले बढेको छ ।
कारोबारको अन्तिम समयसम्म परिसुचक २.७४ अंकले बढेर २६७४.३५ को बिन्दुमा पुगेको छ । यस्तै, कारोबारको अन्तिम समयसम्म आउँदा सेन्सेटिभ परिसुचक भने घटेको हो । सेन्सेटिभ परिसुचक ०.२८ अंकले ओरालो लाग्दै ४७६.५१ को बिन्दुमा पुगेको हो ।
तीन बजेसम्म आउँदा १३ उपसमुहमध्ये ६ उपसमुह बढेका छन् भने बाँकी ७ उपसमुहमा हरियोमा कायम रहेको देखियो ।
आज कारोबारमा आएका २०७ कम्पनी मध्ये ९३ कम्पनीको शेयरमुल्य बढेको छ भने ७८ कम्पनीको शेयरमुल्य घटेको छ र ८ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।यसैगरी कारोबारमा आएका कम्पनीहरुको १ करोड ३२ लाख ४३ हजार ३६५ कित्ता शेयर ७० हजार २३९ पटक किनबेच हुदाँ ६ अर्ब ४७ करोड ३४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
नेप्सेमा अन्तिम समयसम्म अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ । कम्पनीले ३६ करोड ७ लाख ८० हजार रुपैंया बराबरको कारोबार गदैं उच्च स्थानमा रहेको छ ।