भारतमा एकै दिन कोरोना संक्रमित १ लाख ३१ हजारभन्दा बढी थपिए

176

काठमाडौं/भारतमा एकै दिन हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार एकै दिनमा १ लाख ३१ हजार ३९८ जनामा कोरोना  संक्रमण देखिएको हो।यो पछिल्लो २४ घण्टामा भेटिएको संसारमै सबैभन्दा बढी हो। गत २४ घन्टामा ब्राजिलमा ८९ हजार र अमेरिकामा ८० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या १ करोड ३० लाख ५७ हजार ९५४ पुगेको छ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या ९ लाख ७९ हजार ५१९ रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ८०२ जनाले ज्यान गुमाएसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६९४ पुगेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here