कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगियो

132

काठमाडौं । नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाएको छ।

बुधबार केन्द्रीय निर्वाचन समितिले रौतहट जिल्लाको क्रियाशील सदस्य नामावली सार्वजनिक गरेको छ। यससँगै ७७ वटै जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक भएको छ।

महाधिवेशनको पक्रिया सुरु भए पनि ७७ वटै जिल्लाको सदस्यता विवाद मिल्न सकेको थिएन। जसका कारण विवादित जिल्लाका नेता-कार्यकर्ता आन्दोलित बनेका थिए। क्रियाशील सदस्यता विवाद ढिलोगरी समाधान भएका जिल्लामा कात्तिक २७ देखि महाधिवेशनका कार्यक्रम सुरु हुनेछन्।

यसअघि ६४ जिल्लामा वडा अधिवेशन भएको छ भने १३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। कांग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म १४औं महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका ल्याएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here