मध्यपुर थिमीमा सिन्दुर जात्रा सम्पन्न

229

भक्तपुर । भक्तपुरको मध्यपुर थिमीमा बिहीबार सिन्दुर जात्रा र बोडेमा जिब्रो छेड्ने जात्रा भएकाे छ । बिहान थिमीमा बिभिन्न टोलबाट २३ वटा खटहरु सिन्दुर जात्रा गर्दै बालकुमारी मन्दिरको प्राङ्गणमा भव्य पुगेर जात्रा गरिएकाे   थियाे । २३ वटै खट बालकुमारी मन्दिर प्राङ्गणमा पुगेपछि केही बेर भव्य सिन्दुर जात्रा गर्दै आ-आफ्नो टोलमा फर्किएर जात्रा सम्पन्न  गरेकाे थियाे ।

वैशाख २ गतेको सिन्दुर जात्रा मध्यपुर थिमिको प्रमुख जात्रा मानिन्छ । यस दिन बिहान करिब ८ः३० बजे जात्रा सुरु भएको थियाे ।  थिमि नगरको बालकुमारी मन्दिर प्राङ्गणमा केन्द्रित हुने यो जात्रामा तत्कालीन अवस्थामा ३२ खट  सम्मिलित गराउने परम्परा रहेता पनि  २३ खट सम्मिलित भएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here