आज पनि काठमाडौं विश्वको प्रदूषित शहरको एक नम्बरमा

247

काठमाडौं : काठमाडौं उपत्यका आज पनि विश्वको प्रदूषित सहरहरुको सूचीमा एक नम्बरमा परेको छ।

काठमाडौंको वायुस्तर १ सय ९० एक्युआई मापन भएको छ। देशका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण भइरहेको हो। हिजो काठमाडौंको वायुको स्तर २ सय एक्युआइसम्म पुगेको थियो। हिजोको तुलना केही सुधार भएको पाइए पनि विश्वमा सबैभन्दा बढि प्रदुषण भएको शहरमा नेपाल एक नम्बरमै कायम रहेकोे हो। वातावरण विभागका अनुसार पहिलेभन्दा थोरै सुधार भएको तर स्वस्थकर वायुमा श्वास लिने अवस्था नरहेको जनाएको छ।

अहिले  देशका ३७७ स्थानमा डढेलो लागिरहेको बताइएको छ।  केही दिन अघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे पनि अझै थपिने क्रम रोकिएको छैन धुलो, धुवाँको चापले तुवाँलोको रूप लिएर वायुमण्डलमा प्रदूषण जमिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here