गाँजा सहित दुई पक्राउ

335

सर्लाही – अवैध लागूऔषध गाँजा सहित दुई जना बिहीबार दिउँसो पक्राउ परेका छन् । लालवन्दी नगरपालिकाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिकाका मोहन घिसिङ र ईश्वरपुर नगरपालिकाका फगुनी यादव रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here