नेपाली बजारमा सुनको मुल्य ३ सयदरले बढ्याे

229

काठमाडौं । नयाँ वर्षको सुरुवातसँगै बिहीबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । चैत्र ३१ गते प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा खरिद विक्रि भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला आज ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, चाँदीको मुल्य पनि ३० रुपैयाँले बढेको छ । मंगलबार १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १२ सय ९० रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here