नगिन तामाङ
जातमा तिम्रो के राख्याछ र
त्यो त तिम्रो नाम हो
रुपमा तिम्रो के राख्याछ र
त्यो त तिम्रो वर्ण हो
धर्म त सबै समान छन्
सबैको आशय एउटै हुन्छ
बुद्ध हिन्दू इसाई किराँत
आदी त तिम्रो बाटो हो
भगवान्ले सबैप्राणीलाई
समान रुपमा हेर्नुहुन्छ
गुम्बा मन्दिर चर्च आदित
तिम्रो आस्थाको धरोहर हाे
गुम्बा मन्दिर आदी धाउनु
तिम्राे परीक्षा हाे भगवान्
मनमा हुन्छ
सबैलाई सम्मान गर कुकर्म
त्याग त्यो तिम्रो भगवान को अवतार हो ।

















