कामपाले बिहीबारदेखि नाै वटा ब्रुमर सञ्चालनमा ल्याउने

67

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि बिहीबारदेखि ९ वटा ब्रुमर सञ्चालनमा ल्याउने भएको छ । महानगरभित्रको धूलो बढार्नको लागि ब्रुमर सञ्चालनमा ल्याइने महानगरले जनाएको छ ।

महानगरको दोस्रो कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन) ले तीन दिनभित्र ब्रुमर चालक व्यवस्थापन गरेर सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । तत्काल पाँचवटा ब्रुमरले काम गरिरहेकोमा भोलिदेखि ४ वटा ब्रुमरले सडकको धूलो बढार्ने महानगरका सूचना अधिकारी महेश काफ्लेले बताए ।

महानगरका ब्रुमरहरू यसअघि बिग्रिएर थन्किएका थिए । वर्षात्का कारणले ब्रुमर सञ्चालनमा केही समस्या आए पनि धूलोधुँवा कम गर्न सहयोग हुने महानगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here