नर्भिक हस्पिटलमा ग्यास्ट्रिक राेगीका विरामी सेवा पाउने

103

काठमाडौं ।  आगामी  शनिबार असोज ९ नर्भिक इन्टरनेसनल हस्पिटल ग्यास्ट्रिक तथा पेटसँग सम्बन्धित राेगीका विरामी  भएकाहरुलाई लक्षित गरी निःशुल्क सेवा सञ्चालन हुने भएको छ।

नर्भिक इन्टरनेसनल हस्पिटलका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. वरुणकुमार साहले निःशुल्क ओपीडी सेवा दिने भएका हुन्।  डा. साहका अनुसार ग्यास्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाहरुले निःशुल्क ओपीडी सेवामा सहभागी भएर लाभ लिन सक्नेछन्।

निःशुल्क ओपीडी सेवा शनिबार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन जानकारी प्राप्त भएकाे छ।  नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई निःशुल्क ओपीडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here