इजरायलद्वारा आफ्ना नागरिकलाई विभिन्न मुलुक प्रवेशमा राेक

105

काठमाडौं । पछिल्लो समय कोरोना महामारी बढेको भन्दै इजरायलले आफ्ना नागरिकलाई विभिन्न मुलुकको भ्रमणमा रोक लगाएको छ।

पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट भेटिएको तथा अवस्था भयावह भएकाले इजरायलले भारतलगायत सात मुलुकमा जान आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको हो।

महामारीको खतरा निकै बढेको भन्दै इजरायलले आफ्ना नागरिकलाई युक्रेन, इथियोपिया, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको र टर्की प्रवेशमा रोक लगाएको समाचारहरुमा उल्लेख छ। आगामी सोमबारबाट शुरु हुने सो प्रतिबन्ध १३ दिनसम्म रहने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here