प्रशान्त महासागर
शास्त्रमा अपराधी गर्ने अपराध भन्दा ज्ञानीले गर्ने अपराधलाई महाअपराध मानिन्छ । हुन त कलियुगमा आफ्नो स्वार्थ भन्दा महान अरु सत्य लाग्दैन जसको प्राप्तिको सबै साम, दाम, दण्ड र भेदको प्रयोग गरिन्छ । दम्भ देखाएरै अनैतिक कार्य गर्न अनेक कुतर्क राखेर कानूनी कुरा गर्छन । रावण सीता हरण गर्नुहुन्छ रामले त्यही सीता किन त्याग्नुहुन्न भन्दै “हामे करे तो चमत्कार तु करे तो बलात्कार” अहिले नीति सावित गर्न बौद्धिक जमात सक्रिय देखिन्छन । सत्यलाई नहसनहस गर्न कुसत्य जुर्मुराउँछन । एउटा पुरातात्त्विक महत्व बोकेको ठाउँमा आफूखुसी पाटी बनाउन सत्तासीन शक्ति लाग्नु राम जत्तिकै अपराधी बन्नुहो सीता त्यागेर । सत्तासीन शक्ति भनेको गलत गर्नेलाई दण्ड दिने शक्ति हो । न्याय गर्न सक्नुपर्छ । हिजो कसैको कुतर्कलाई सत्य मानेर सीता परित्याग गरिएको थियो भने एक ज्ञानीद्वारा गरिएको अपराध थियो त्यो । त्यस्तै त्यही ठाउँमा हुर्केर त्यसको महत्व बुझेर पनि अबुझतापुर्वक बनाउँदा के हुन्छ र ? प्रश्न १०० वर्ष पुरानै युगमा फर्किदा के हुन्छ र ? जस्ता कुतर्कले बलात्कार हुनु गर्नु सहि भन्दै एकदिन वकालत गर्नेछ ।
अर्को, सत्तासीन महारथीहरुकै कानून अनुसार सानो टहरा आफ्नै पैसाले बनाएर बस्छु भन्दा नि सिफारिस लिनुपर्छ । कस्तो बन्ने हो नक्सा पास गर्नुपर्छ भन्ने कानूनी कुरा गर्छन । तर यहाँ वडा नं. ३ बाट सिफारिस नलिइकन वडा नं. ३ मै भव्य २६९ देखिने बजेट विनियोजन गरेर सौन्दर्यकरण भन्दै विभिन्न पाटीसँगै बीचमा संसारमै नभएको अदभूत पाटी बनाउन खोज्दा कीर्तिपुर वडा नं. ३ सहित नगरपालिका शिलान्यासमा जुटे जबकी शिलान्यासको वास्तविक अर्थ के हो ? मैले बुझ्न छोडे । नगरउपमुखद्वारा कीर्तिपुर ३ अवस्थित मभिं पोखरी शिलान्यास गरेको थियो भने रोहवरमा वडाध्यक्षहरु र प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद बास्कोटा साक्षी बन्नुभएको थियो । पछि त्यही पोखरी बारे सूचना माग्दा त्यही अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले”आलु पसलमा पनि प्यास किन्न आउने हो र ? हामीसँग सम्झौता नै नगरेको कार्यको सूचना हामीसँग हुन्न ।” भन्ने जवाफ फर्काएको थियो । साथै कहाँ बन्न लागेको त्यसको पनि जानकारी छैन भन्ने जवाफ दिइएको थियो जबकी शिलान्यास गर्दा रोहवरकै साक्षी थिए ।
काम एकदम छलछाम भएको थियो । बन्नुपर्ने संरचना भन्दा काम = कमिसनजस्तो देखिनु रामले सीताको परित्याग जस्तै अपराध हो । खुल्ला हुनुपर्ने पर्यावरण आफूखुशी राज्यको सम्पत्ति खर्च गर्नु महापाप नै हो । त्यसलाई बचाउन वा ठिक छ कमिसन आफ्नै सरकारकै पाला खाने हो भन्नेहरू महाअपराधी हुन् । वलवल देवीको सराप त्यस्तालाई लाग्छ नै ।
अन्तमा, नयाँ एक वर्षे नगरप्रमुखले त्यो बनाउनुहुन्न सम्पदा तोडमोड गर्नुहुन्न भन्नुपर्नेले थप २५ लाख सम्पदा मास्नु बजेट विनियोजन गर्नु संसारकै अपराध मध्येको एउटा क्षमा गर्न लायक नभएको अपराध गरेका छन । अझै पनि समय बाँकी छ दम्भ र अहम् त्यागेर सम्पदा संरक्षणमा लाग्नहुन सबैलाई अनुरोध छ । अर्को पाटी हाम्रो पुर्खाले हालको गेष्टहाउसको परिकल्पना बनाएका हुन् । आगन्तुक बटुवाहरुको लागि धर्मशाला हुन्, राज्यको सम्पत्ति दोहन गर्ने विकास नीति होइन । आज त्यस्ता विकास नीति विरुद्ध आवाज, कीर्तिपुरमा गुञ्जिएको छ । मनन हुनुपर्छ ।


















