वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अर्ती दिने काम बन्द गर्न चेतावनी

13

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई आफूलाई अर्ती दिने काम बन्द गर्न चेतावनी दिएका छन् । सम्पादकहरुसँगको हिजोको अन्तरक्रियामा ओलीले पोखरेलले आफूलाई जाँचबुझ आयोगमा बयान दिन जान सुझाव दिएको प्रसंगमा यस्तो अर्ती नदिन चेतावनी दिएका हुन् ।

उनले बरिष्ठ उपाध्यक्ष पोखरेल लगायतका केही मानिसहरू सुशीला कार्कीसँग मिलेर आफ्नोविरुद्ध लागेको गम्भीर आरोप लगाए । उनले भने,‘उहाँलाई के भएको छ कुन्नि, उहाँ त्यसरी नलागेको भए हुन्थ्यो ।’
वर्तमान सरकारले बनाएको जाँचबुझ आयोगमा बयान दिन जाने नजाने आफ्नो कुरा भएको बताउँदै उनले यसमा अर्ति नदिन पनि आग्रह गरे । ओलीले सरकार गठन प्रक्रिया नै असंवैधानिक भएको हुँदा सरकारका कुनै पनि गतिविधि आफूलाई मान्य नहुने स्पष्ट पारे । समय सुशीला कार्कीमा र फागुन २१ मा पुगेर मात्र नरोकिने बताउँदै उनले यो कुरा ख्याल गर्न कार्कीलाई चेतावनी दिए । उनले भेन,‘ध्यान राखेर, होश सम्हालेर चल्न म उहाँहरूलाई आग्रह गर्दछु।’

उनले एमाले लोकतन्त्र जोगाउने कुरामा दृढ भएर उभिने बताए । ओलीले थपे,‘लोकतन्त्र मास्ने प्रयास भयो भने एमाले सहँदैन, नेपाली जनताले सहँदैनन् ।’ एक अर्को जिज्ञासामा अध्यक्ष ओलीले भदौ २४ गते आफू भागेको नभई थप क्याजल्टी हुन नदिन बालुवाटार छाडेर हिँडेको स्पष्ट पारे । आफू देश छाडेर कतै नगएको र नजाने बताउँदै उनले भने–उनीहरूको ज्यान बचाउनको लागि मैले मुकाम परिवर्तन गरेँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here