पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा बिमानस्थलमै नाराबाजी

208

काठमाडौँ/भारतको धार्मिक भ्रमण सकेर आइतबार अपरान्ह स्वदेश फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका छन्।

समर्थकले ‘राजा आऊ,देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’लगायत नारा लगाएका थिए। उनीहरु बाजागाजासहित एयरपोर्ट पुगेका थिए।

समर्थकले ल्याएका पुष्पगुच्छा लिएपछि उनी त्यहाँबाट बाहिरिएका थिए। हरिद्वारमा आयोजना भएको कुम्भमेलाका लागि भएको  ज्ञानेन्द्रको यस भ्रमणमा उनकी पत्नी कोमल पनि सँगै थिइन्।

कुम्भमेलामा सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले नेपालमा हिन्दु धर्ममाथि बाह्य दबाब, प्रभाव, प्रलोभन र अतिक्रमण बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

हिन्दु धर्मको सभ्यता र संस्कृतिका अनेक आदर्शहरु विश्वकै मानवीय आदर्शहरुलाई डोर्‍याउने खालको भएका उल्लेख गर्दै ज्ञानेन्द्रले भनेका थिए-अब हिन्दु धर्म बचाउनु छ, संस्कृति रक्षा गर्नु छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here