करेन्ट लागेर मृत्यु

268

काठमाडौं/ सोल्टीमोडस्थित विकास मोटरसाइकल वर्कसपमा काम गर्ने वर्दिया घर भएका २४ वर्षीय मनोज चौधरीको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।

वर्कसपमा मोटरसाइकल धुने क्रममा पानी तान्ने मोटर सर्ट भई करेन्ट लागेर घाइते भएका चौधरीको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here