बागलुङकाे विद्यालयमा ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि

79

काठमाडौं/बागलुङको एक विद्यालयका ३९ जना शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ। बाग्लुङ नगरपालिकामा रहेको जनता धन माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयले ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण भएका सबै होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। शिक्षक–विद्यार्थीमा संक्रमण तिब्र भए पनि बागलुङका विद्यालय भने बन्द गरिएको छैन।

मन्त्रिपरिषद्को निर्णयले जिल्लालाई सम्बोधन नगरेकाले विद्यालय बन्द नगरेको नगर शिक्षा अधिकारी दण्डपाणि शर्माले जनाए। संक्रमण देखिएको विद्यालय भने बुधबारबाट बन्द गर्न सिफारिस गरिएको छ। यसअघि पनि बागलुङका विभिन्न विद्यालयमा ३५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here