वायुसेवा सञ्चालक संघद्वारा आजदेखि नयाँ भाडादर लागू

69

काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढेको छ । वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी नयाँ भाडादर तोकेको हो ।

नेपाल आयल निगमले शनिवार रातिदेखि लागू हुने गरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ बढाउने निर्णय गरेको थियो । यसअघि प्रतिलिटर ७४ रहेको इन्धनको मूल्य अहिले ७६ पुगेको छ ।

संघले सोहीअनुसार मुलुकभरका विभिन्न सेक्टरमा हुने उडानका लागि इन्धन शुल्क तोकेको छ । संघले सोमवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढी उडानमा भाडा ८५ बढेको छ । काठमाडौंबाहेक बेस बनाई उडान गर्ने सेक्टर डोटी–साँफेबगर १० ले बढेको छ । काठमाडौं–भैरहवा सेक्टर उडानको भाडा ४५ ले बढेको छ । काठमाडौं–नेपालगञ्जको भाडा ६५ ले बढेको छ । काठमाडौंं–विराटनगर सेक्टरमा ५० ले यात्रु भाडा बढेको छ । काठमाडौंं–सिमरामा भने १५ बढेको छ ।

पर्वतीय उडानको पनि भाडादर वृद्धि भएको छ । काठमाडौंबाट र पोखराबाट हुने उडानमा ६५ भाडा बढेको छ ।

यसअघि चैत ६ गते संघले नयाँ भाडादर कायम गरेको थियो । त्यसबेला पनि हवाई इन्धनको मूल्य वृद्धि भएको भन्दै संघले विभिन्न १०० सेक्टरका उडानमा भाडा बढाएको थियो । आर्थिक अभियान दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here