अक्सीटोसिन हर्मोन स्तनधारी जीवमा हुन्छ। यस हर्मोनलाई लभ हर्मोन भनिन्छ। किनभने यहि हर्मोनका कारण प्रेम, माया तथा दयाको भावना उत्पन्न हुन्छ। मानिसमा यस हार्मोन हुन्छ। त्यसैकारण मानिसहरु प्रेमको भावनालाई महशुस गर्न
सक्छन् ।
दुई मानिस साथी बन्ने प्रक्रिया, विश्वास, सम्बन्ध मजबुत बनाउने कार्यमा अक्सीटोसिन हर्मोनको विशेष महत्व हुन्छ। यसले बालबालिकाको विश्वासको मनोविज्ञानमा समेत भूमिका खेल्ने वैज्ञानिकहरु बताउँछन्।
वैज्ञानिकहरुका अनुसार अक्सीटोसिन हर्मोनले जनवारहरुलाई पनि प्रेमी बनाइदिन्छ। अर्थात् उनीहरुमा समेत माया, प्रेम, दयाको भावना उत्पन्न गराउने कार्य यहि हर्मोनले गर्दछ।
हामीले घरमा कुकुर, बिरालो, मुसा लगायतका घरपालुवा जनवारहरु पाल्दछौं। यिनिहरुलाई हामी खानेकुरा दिन्छौं। लभ हर्मोनकै कारण यी जनावारहरुले हामीलाई विश्वास गर्ने, माया गर्ने वैज्ञानिकहरुको भनाई छ।
यत्तिमात्र होइन्, जनवारहरुलाई प्रेमी प्रमिका बन्न पनि यसै हर्मोनले भूमिका खेल्दछ। विभिन्न जनवारमा हुने मित्रवत् व्यवहारहरु त्यसकै परिणाम भएको बताइएको छ।



















