विभिन्न स्थानमा डुबेर मृत्यु

58

सप्तरी । हनुमाननगर कांकालिनी नगरपालिका-३ पोर्ताहा बस्ने लक्ष्मण रायको छोरा ६ वर्षीय रोषण रायको सोही ठाउँस्थित ढलमा डुबेर सोमबार राति मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको भारदह अस्पताल भारदहमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी सप्तरी, राजगढ गाउँपालिका-४ पिपरा टोलस्थित मुतनी खोलामा डुबेर भारत सुपौल थाना मरौहा महराई टोल बस्ने सुरज चौपालको छोरा ३ वर्षीय सागर चौपालको सोमबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here