विश्वका १९२ देशमा भव्य रूपमा मनाईँदै पृथ्वी दिवस

510

काठमाडौं/आज विश्व पृथ्वी दिवस, पृथ्वीलाई पुनस्र्थापना गरौँ’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

दिवसका अवसरमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेशले एक सन्देश दिँदै पृथ्वीका संसाधनको लापरवाहीपूर्ण दोहन रोक्नुपर्नेमा जोड दिए। उनले प्रकृतिसँग शान्तिपूर्ण सम्बन्ध स्थापित गर्न वैश्विक तापमानमा भइरहेको बढोत्तरीलाई सिमित गर्न र जैविक विविधताको रक्षा गर्न आह्वान गरे।

‘विश्व–आमा पृथ्वी दिवस’ का रुपमा मनाइने यो दिवसको पूर्व सन्ध्यामा दिएको सन्देशमा गुटरेशले दिवस मनाइरहँदा प्रकृतिमाथि मानवजातिको दुव्र्यवहार जारी रहेको जनाएका छन्।

संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम युएनईपीका अनुसार विश्व आमा पृथ्वी दिवसले दिगो अर्थव्यवस्थालाई अझै अगाडि बढाउन आवश्यक सहयोग गर्छ जसबाट आम जनता र पृथ्वी दुवैलाई फाइदा हुन्छ।

युएनईपीले अहिले पृथ्वी दिवस मनाइरहँदा अष्ट्रेलियामा आगलागी, कीर्तिमानी गर्मी, केन्यामा सलहको प्रकोप, मानव वस्ती रहेका हरेक महादेशमा कोरोनाको कहरले विश्वव्पायी स्वास्थ्य संकट जस्ता समस्याहरु झेलिरहनु परेको जनाएको छ।

संयुक्त राष्ट्र संघीय एजेन्सी युएनईपीले जलवायु परिवर्तनको असर कम गर्नका लागि पेरिस सम्झौता कार्यान्वयनमा जोड दिएको छ।  पेरिस सम्झौता कार्यान्वयनका लागि १ सय ९० देशले प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन्। पृथ्वीमाथि भइरहको मानवीय दोहनबाट पृथ्वी जोगाउनका लागि संयुक्त राष्ट्र संघको आह्वानमा सन् २००९ देखि यो दिवस मनाउन थालिएको हो।

त्यसअघि विभिन्न देशले फाट्टफुट्ट पृथ्वी दिवस मनाउने गरेको भए पनि संयुक्त राष्ट्र संघको ६३ औँ महासभाको निर्णयपछि विश्वका १ सय ९२ देशमा यो दिवस भव्यताका साथ मनाईदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here