भारतमा चाैबिस घण्टाभित्र ३ लाख बढि संक्रमित, २१ सय भन्दा धेरैको मृत्यु

165

एजेन्सी । भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख भन्दा बढि संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा तीन लाख १४ हजार नयाँ संक्रमित थपिँदा कोभिड–१९ का कारण २१ सय चारजनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या २२ लाख ९१ हजार भन्दा बढि पुगेको छ। अहिलेसम्म भारतमा एक करोड ५९ लाख भन्दा धेरै संक्रमित भएका छन् । यस्तै कोभिड–१९ बाट एक लाख ८४ हजार भन्दा धेरै भारतीयको ज्यान गएको छ।

कोरोना भाइरसको संक्रमणसँगै भारतमा खोप अभियान पनि तीव्र रुपमा जारी छ। अहिलेसम्म १३ करोड २३ लाख भन्दा धेरै खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here