राष्ट्र बैंकद्वारा वित्तिय ग्राहक संरक्षण सेवा शुरु

182

काठमाडाैं । नेपाल राष्ट्र बैंकले वित्तिय ग्राहकको संरक्षण गर्न नयाँ सेवा शुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र, अनुमति प्राप्त गरि वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था, एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय, र पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको पालना गराउन बैंकले यो सेवा शुरु गरेको जनाएको छ ।

कानुनी पालना गरी नियमको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने,गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्न बैंकले नयाँ र्पोटल  निर्माण गरि सेवा शुरु गरेको हो ।

पोर्टलबाट गुनासो दर्ता गर्ने, गुनासो दर्ता भएको जानकारी र दर्ता नं इमेल मार्फत प्राप्त गर्न, गुनासो दर्ता नं. द्वारा पेश गरिएको गुनासोको स्थिती थाहा पाउन र यहाँ दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेल मार्फत जानकारी गराइने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here