सीमा नाका व्यवस्थित गर्न निर्देशन

62

विराटनगर/प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छन्। भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवतजावत बढेपछि मन्त्री राईले शुक्रबार स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सीमा व्यवस्थापन गर्न निर्देशन दिएकी हुन्।

भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको अवस्थामा सीमा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गर्नेको लर्को लाग्ने गरेको पाइएको भन्दै मन्त्री राईले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्ने, स्वास्थ्य परीक्षण गर्ने काम गर्न निर्देशन दिएकी छिन्।

‘सीमा नाका हुँदै दैनिक हजारौंको संख्यामा नेपाल  प्रवेश गरेको पाइएको छ,’ उनले भनिन्‚ ‘ यसलाई तुरुन्तै नियन्त्रण होस।’

मुख्य नाकाबाट भन्दा चोर बाटो प्रयोग गर्नेहरुलाई नियन्त्रण गर्न मन्त्री राईले निर्देशन दिएकी छन्। सशस्त्र प्रहरी बलका एसपी तीर्थ पौडेलले सीमा नाकामा सुरक्षा जाँच कडा गरेको जनाए। उनले शंकास्पदहरूको चेकजाँच गरी सम्बन्धित निकायमा जानकारी गराउने गरेको पनि जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here