भारतमा एकै दिन साढे तीन लाख कोरोना संक्रमित थपिए

53

काठमाडाैं/भारतमा एकै दिन साढे तीन लाख कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ तीन लाख ४५ हजार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सोही अवधिमा भारतमा दुई हजार ६२१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। यससँगै त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ८९ हजार ५४९ पुगेको छ। भारतमा कोरोनाको ‘ट्रिपल म्युटेण्ट भेरियन्ट’ फैलिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो भेरियन्टको भाइरस विगतको भन्दा तीन गुणा बढी गतिमा फैलने गरेको बताइएको छ। त्यही कारण भारतमा पछिल्ला दिनहरुमा दैनिक तीन लाखभन्दा बढी कोरोना संक्रमित थपिँदै आएका छन्। अहिले भारतको दैनिक संक्रमण दर विश्वकै सबैभन्दा धेरै बनेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा हाल २५ लाख ५० हजार ७८८ जना सक्रिय संक्रमित रहेका छन्। तीमध्ये आठ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। भारतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ६६ लाख दुई हजार ४५६ पुगेको छ। संक्रमितमध्ये एक करोड ३८ लाख ६२ हजार ११९ जना उपचारपछि कोरोनामुक्त भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here