ओली समूह कानुनभन्दा माथि हुने गोप्य अध्यादेश जारी भएको आशंकामा रावल

114

काठमाडौं/नेकपा एमालेका नेता भीम रावलले आफ्नै सरकारले गरेको निर्णय प्रधानमन्त्री केपी ओली पक्षले नमानेको आरोप लगाएका छन्। आइतबार सामाजिक सञ्जाल ट्वीटरबाट नेता रावलले कोरोनाबाट जोगिन अरुलाई भेला, बैठक नर्ने भन्ने तर ओली पक्षले त्यसलाई निरन्तरता दिइरहेको भन्दै उनले टिप्पणी गरेका हुन्। नेता रावलले ओली गुटलाई सरकारी निर्णय लाग्दैन र ? भन्दै प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमा नेता रावलले लेखेका छन्,’कोरोनाबाट जोगिन अरूलाई भेला, बैठक, समारोह नगर्न भन्ने तर प्रम ओली र उहाँका निकटस्थहरू भेला, बैठक, समारोह गरिरहने, यो के हो? प्रम ओली गुटलाई सरकारी निर्णय लाग्दैन र? कि उहाँको गुट सरकारी निर्णय र कानूनभन्दा माथि हुने कतै गोप्य अध्यादेश जारी भइसक्यो?! कानुनका सामु सबै बराबर होइन र?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here