वीरेन्द्रनगर – सुर्खेतमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। वीरेन्द्रनगर-१२ स्थित नेपाली सेनाको हवाई अड्डानजिकै ब १ ग ३४८९ नम्बरको ट्रकले महिलालाई ठक्कर दिएको हो।
मृत्यु हुनेमा सुर्खेतको वीरेन्द्रनगर-१२ की ५० वर्षीया मनिकला सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।
बजारबाट ब्यारेकभित्र जाँदै गरेको सेनाको ट्रकले सोमबार साँझ पौने ७ बजे ती महिलालाई ठक्कर दिएको हो। ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको डिएसपी घर्तीले जानकारी दिए।


















