काेभिड १९ का कारण कञ्चनपुरमा कडाइ

96

कञ्चनपुर/कोरोना भाइरस संक्रमण समुदायस्तरमा देखिन थालेपछि कञ्चनपुरका विभिन्न स्थानीय तहले कडाइ गरेको छ। केही स्थानमा शैक्षिक संस्था बन्द गरिएको छ भने केही स्थानमा भीडभाड हुने कार्यक्रम गर्न रोक लगाइएको छ।

बेदकोट नगरपालिकाले वैशाख मसान्तसम्म शैक्षिक संस्था बन्द गर्ने, विवाह, ब्रतबन्ध, धार्मिक अनुष्ठानलगायतका कार्यक्रम गर्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने निर्णय गरेको छ। ती कार्यक्रममा १५ जनाभन्दा बढी सहभागी हुन पाउने निर्णय गरिएको छ।

महाकाली अस्पताललाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। अस्पतालमा अक्सिजन ग्याँसको व्यवस्था, सघन उपचार केन्द्रमा भेन्टिलेटरको व्यवस्था गर्न आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख अशोक चन्दले बताए। पिसिआर ल्याब सञ्चालन र कोभिडका बिरामीलाई आवश्यक औषधि उपलब्ध गराउन आर्थिक सहयोग गर्ने निर्णय गरेको उनको भनाइ छ।

यसैगरी, भीमदत्त नगरपालिकाका कर्मचारीमा कोरोनाको संक्रमण देखिए पछि आजदेखि वैशाख २० सम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ। कोरोनाको संक्रमण समुदाय स्तरमै देखिन थालेपछि शुक्लाफाँटा नगरपालिकाले एक साता सम्मका लागि शैक्षिक संस्था बद गरेको छ। नगरपालिकाका जनप्रतिनिधि लगायत सर्वसाधरणमा कोरोनाको संक्रमण देखिन थालेकाले मंगलवार कार्यपालिकाको बैठकबाटै नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे निर्णय गरिने नगर प्रमुख दिलबहादुर ऐरले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here