काठमाडौं – बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको हो ।
मंगलबार ९१ हजार २०० रुपैयाँमा कारोबार कारोबारमा भएको छापावाल सुन बुधबार ९० हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुनलाई भने आज ९० हजार रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ पनि घटेको छ ।
मंगलबार एक हजार ३१५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर एक हजार ३०५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।