काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउने स्थगित

154

काठमाडौं । सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते विहीबारदेखि स्थगित गर्ने निर्णय गरेको हो ।

वैशाख १६ गते पनि सो खोप काठमाडौंमा निरन्तर सन्चालन गर्ने भनिएकोमा अब सो खोप लगाउने कार्य केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनश्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिएका छन् ।खड्काले जारी गरेको सूचनामा भेरोसेल खोप लगाउने कार्य किन स्थगित गर्नुपर्नाको कारण भने उल्लेख गरिएको छैन । यद्यपि यो खोप लगाउने स्थानमा भएको अव्यवस्थित भिडभाडले संक्रमणको जोखिम बढाएको थियो । भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाल सरकारलाई अनुदानमा उपलब्ध गराएको थियो । दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि भेरोसेल खोप लगाउन सुरु गरिएको थियो ।  खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here