राष्ट्रिय सभा बैठक मिति पुनः स्थगित

98

काठमाडौं । राष्ट्रिय सभाको माघ ३ गते सोमबार दिउँसो १ बजे तय भएको बैठकको मिति पुनः स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले आइतबार एक विज्ञप्ति जारी गर्नुहुँदै विशेष कारणले पूर्व निर्धारित दिन र समयमा सो बैठक बस्न नसकिएको जानकारी दिनुभएको हो ।

← Back

Thank you for your response. ✨

यसअघि पुस २७ गते बस्ने भनिएको बैठक स्थगित भएपछि माघ ३ गते तय भएको थियो । राष्ट्रिय सभा बैठकको अर्को मिति भने तोकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here