सुनकाे मूल्य घट्ने क्रम जारी

95

काठमाडौं । साप्ताहिक कारोबारको चौथौ दिन (बुधबार) पनि नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। यसअघि, मंगलबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको थियो।

बुधबार छापावाल सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ प्रतितोला कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार रुपैयाँ पुगेको छ।

यसअघि, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ थियो। मंगलबार तेजाबी सुनको मूल्य ९६ हजार ६०० रुपैयाँ प्रतितोला थियो।     बुधबार चाँदीको मूल्य भने यथावत् रहेको छ। मंगलबार जस्तै बुधबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here