प्रधान सेनापति शर्माले विपद् व्यवस्थापन समन्वय संयन्त्रको जाँच

110

काठमाडौं । विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी पार्ने उद्देश्यका साथ नेपाल सरकारका विभिन्न सरोकारवाला मन्त्रालय, सुरक्षा निकाय, सरकारी एवं गैह्रसरकारी निकायका प्रतिनिधिहरुलाई सहभागी गराई नेपाली सेनाले संचालन गरेको अभ्यास हातेमालो–४ मंगलबार जंगी अड्‍डामा प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा समापन भएको छ ।

समापन कार्यक्रममा मन्तव्य राख्‍नु हुँदै प्रधान सेनापति शर्माले विपद् व्यवस्थापन समन्वय संयन्त्रको जाँच, खोज तथा उद्धार क्षमताको मुल्याङ्कन, विपद्सँग सम्बन्धित विभिन्न योजना अद्यावधिक तथा विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न अभ्यास र गतिविधि सञ्चालनको मुख्य उद्देश्य सहित सञ्चालन भएको सो अभ्यास उपलब्धिमुलक रहेको विश्वास व्यक्त गर्नुभयो ।

सोही क्रममा वहाँले, विभिन्न समयमा आईपर्ने विभिन्न प्राकृतिक प्रकोपको दौरान व्यवस्थापकीय चूनौतीका साथै सुरक्षा चूनौती समेत रहने हुँदा कुनै एक संस्थाको एकल प्रयासबाट मात्र प्रतिकार्य सम्भव नहुने भएकाले एक आपसको समन्वय तथा सहकार्यमा एकिकृत ढंगले अगाडी बढे मात्र लक्षित उद्देश्य प्राप्त हुने बताउनु भएको थियो । शर्माले विपद् व्यवस्थापनका निमित्त दक्ष जनशक्ति उत्पादनको लागि नेपाली सेनाले राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय स्थापना गरेको पनि बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here