आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

24

ईलाम । आफ्नै बुबा ७० वर्षीय लोक बहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका-२ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दिपकले जेठ ८ गते अंश बण्डाको विषयमा विवाद भई कुटपिट गर्दा गम्भीर घाइते भएका लोक बहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दिपकलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here