रेशम चौधरीले गरे सवारीकाे दुरूपयाेग

53

धनगढी । टिकापुर हत्यामा दोषी ठहर भई पाँच वर्ष जेल बसेर हालै आम माफी पाएर रिहा भएका रेशमलाल चौधरीले सरकारी सवारीको दुरुपयोग गरेको पाइएको छ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका चौधरीले टिकापुर नगरपालिकाको गाडी प्रयोग गर्दै आएका हुन्। बुधबार कैलाली कारागारमा टीकापुर घटनाका बन्दीलाई भेट्न उनी नगरपालिकाकै से १ झ २९४ नम्बरको गाडी गाडीमा गएका थिए। टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेल सजाय भोगिरहेका रेशम चौधरी सोमबार बिहान रिहा भएका थिए।

राष्ट्रपतिले आममाफी दिएपछि उनी सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएका हुन्। थरुहट थारुवान संघर्ष समितिले २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो।

सोही घटनामा दोषी ठहर भएका चौधरीलाई अदालतले आजीवन काराबासको सजाय सुनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here