गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा मनाङ्गे

95

काठमाडाैं/स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङ अर्थात् दीपक मनाङ्गे गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।

प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सोको जानकारी प्रदेश प्रमुखलाई दिइसकिएको र आजै साढे ४ वा ५ बजे सपथ खुवाउने तयारी भएको सचिवालयले जनाएको छ।

हिजो (बुधबार) मुख्यमन्त्रीविरुद्ध परेको अविश्वास प्रस्तावमा सहभागी नभई सम्पर्कविहीन भएका उनलाई आजै मन्त्री बनाइएको हो। आजै बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री नरदेवी पुनले सम्हाल्दै आएको मन्त्रालय फुटाउने निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here