सरकारलाई काेराेना नियन्त्रणका लागि कांग्रेसकाेे ११ सुझाव

69
sf7df8f}F, !& j}zfv . g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf z'qmaf/ a'9flgns07l:yt lgjf;df cf]of]lht kqsf/ ;Dd]ng af]Nb} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापर्बाहीका कारण तथा विगतको गल्तीबाट पाठ नसिक्दा कोरोना संक्रमणको अवस्था बढ्दो गतिमा पुगेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि ११ सुझाव दिएका छन् ।

आफ्नो निजी निवास बुढानीलकण्ठमा शुक्रबार पत्रकारसम्मेलन गर्दै देउवाले सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अकर्मण्यताका कारण कोरोना महामारी व्यापक रूपमा फैलिएको आरोप लगाए । सरकारले विगतबाट पाठ नसिक्दा तथा उद्घाटन, भीडभाड र तडकभडकमा व्यस्त रहँदा कोरोना रोकथाम तथा नियन्त्रणतर्फ कुनै ठोस काम नभएर यस्तो अवस्था आएको देउवाले भनेका छन् ।

‘संक्रमितहरूको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ, बढ्दो संक्रमणसँगै आईसीयू बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ, यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापर्बाही, असंवेदनशीलता र अर्कमन्यता जिम्मेवार छ,’ देउवाले पत्रकार सम्मेलनमार्फत भने ।

देउवाले संक्रमण व्यापक रूपमा बढेको भन्दै आवश्यक आईसीयू बेड, अक्सिजन, औषधी र भेन्टिलेटरको तत्काल व्यवस्था मिलाउनेतर्फ ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । अत्यावश्यक अक्सिजन भेन्टिलेटरको आपूर्ति तत्काल सुनिश्चित गरियोस्, अस्पतालमा आईसीयू बेड, आवश्यक औषधिको तत्काल समुचित व्यवस्था गरियोस्, कन्ट्रयाक टेसिङलाई व्यापक बनाइयोस्,’ देउवाले पत्रकार सम्मेलनमार्फत सरकारलाई सुझाउँदै भने ।

यस्तै, सीमा नाकाबाट आएकाहरूमा परीक्षण बढाउन र परीक्षणपछि उनीहरूलाई होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाउन, स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीलाई बिमा र जोखिम भत्ताको व्यवस्थाको प्रबन्ध तत्काल गर्न पनि देउवाले सरकारलाई आग्रह गरेका छन् ।

यस्तै, बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गर्न पनि माग गरेका छन् । काठमाडौं उपत्यकालगायतका ठाउँमा लकडाउनको निर्णयपछि उपत्यका छाड्ने समय दिएपछि संक्रमित गाउँगाउँ पुगेको भन्दै देउवाले सबैलाई सुरक्षित रहनसमेत आग्रह गरेका छन् ।

देउवाले खोप आपूर्तिका लागि व्यवस्था गर्नेतर्फ तत्काल पहल गर्नसमेत सरकारलाई सुझाएका छन् । यस्तै, लकडाउनका कारण आर्थिक सामाजिक रूपमा मारमा परेकाहरूका लागि आवश्यक कार्ययोजना ल्याउनसमेत देउवाले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले केन्द्रदेखि गाउँसम्मका पार्टीका सबै संरचनालाई कोरोनाविरुद्ध सचेतना अभियानमा परिचालित हुन निर्देशनसमेत दिएका छन् भने आर्थिक तथा सामाजिक रूपमा समस्यामा परेकालाई सहयोग गर्ने अभियान चलाउनसमेत पार्टी पंक्तिलाई निर्देशन गरेका छन् ।राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here