कोरोना महामारी तिव्र गतिमा बढीरहेको बेला सरकारकाे गैरजिम्मेवारी : नेपाल चिकित्सक संघ

88

काठमाडौं – नेपाल चिकित्सक संघले कोरोना संक्रमितको उपचारका लागि अस्पतालहरुमा बेड उपलब्ध गराउन नसक्ने सरकारको अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघले शनिबार विज्ञप्ति जारी गरी कोरोना महामारी तिव्र गतिमा बढीरहेको बेला सरकारले गैरजिम्मेवारीपूर्वक यस किसिमको अपिल गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘सर्वसाधारणका नाममा गरेको अपिलमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न, अस्पताल शय्या उपलब्ध गराउन नसकिने भै सकेको छ भनि सूचना प्रेषित गरेकोमा संघको गम्भीर ध्यानाकर्षण भएको छ।’

स्वास्थ्य मन्त्रालय आफ्नो दायित्वबाट पञ्छिन खोजेको संघको ठहर छ। उपचार र व्यवस्थापन गरी महामारीको अन्त्यसम्म उपचार दिन सक्ने वातावरण तथा जनशक्तिको उचित व्यवस्थापन गर्न संघले मन्त्रालयसँग माग गरेको हो। अग्रपंक्तिका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कोभिड विरुद्धको खोप समयमै उपलब्ध गराउनुपर्ने पनि संघले आवाज उठाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here