जनकपुरधाम/धनुषामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन्। जिल्लाको हंसपुर नगरपालिका वडा नं. ६ को टिल्हीका २५ वर्षीय शम्भु मण्डललाई घरायसी विवादमा देवरहरुसँग मिलेर श्रीमतीले हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।
शुक्रबार राति भएको विवादमा २३ वर्षीया सुशीलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डलले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।
हत्यापछि श्रीमती तथा मृतकका भाइहरु फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।















