भारतलाई चिनियाँ राष्ट्रपति सीद्वारा सहयोगको प्रस्ताव

116

चिनियाँ राष्ट्रपति चिनफिङले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई महामारीसँग जुध्न सान्त्वना सन्देश पठाउँदै सहयोग प्रस्ताव गरेको हो । राष्ट्रपति चिनफिङले महामारीको अवस्थाबारे आफ्नो ऐक्यबद्धता समेत जनाएका थिए ।

भारतका लागि चिनियाँ राजदूत सुन वेइडान्गले ट्विीट गर्दै राष्ट्रपति चिनफिङले भारतीय प्रधानमन्त्री मोदीलाई सहानुभुति सन्देश पठाएको जानकारी गराएका हुन् ।

‘साझा भविष्यका लागि मानवता एक समुदाय हो । एकता र सहयोगबाट नै विश्वका देशहरु यो महामारीलाई पराजित गर्न सक्ने छन् । ’ राष्ट्रपति चिनफिङले सन्देशमा उल्लेख गरेका छन् ।

सन्देशमा चीनले भारतलाई सहयोग गर्ने प्रस्ताव गरेको भएपनि कस्तो सहयोगमा भन्ने खुलाइएको छैन । सन्देशमा भनिएको छ–‘चीन महामारीसँग लड्नका लागि भारतलाई थप सहयोग गर्न तयार र तत्पर छ । मलाई विश्वास छ कि भारत सरकारको नेतृत्वमा भारतीय जनताले पक्कै पनि महामारीमाथि विजय प्राप्त गर्ने छन् ।’

भारतमा आएको कोरोनाको महामारीसँग जुध्न विश्वका अन्य मुलुकहरुले पनि सहयोगको प्रस्तावहरु गरेका छन् भने अमेरिका युकेले सहयोग पु¥याउन थालिसकेको छ । यसैबीच केही साता अघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि भारतलाई सहयोगको प्रस्ताव गरेका थिए ।

भारतमा कोरोनाको दोश्रो लहर निकै भयावह बनेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा संक्रमित संख्या ४ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या ३५ सय नाघेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here