काठमाडौँ । दोव्वर मुल्यमा मास्क विक्री गर्ने काठमाडौंको त्रिपुरेश्वरस्थित अल फाईन सर्जिकल सप्लायर्स कम्पनीलाई बाणिज्य, आपुर्ती तथा उपभोक्ता संरक्षण विभागले दुई लाख रुपैयाँ जरिवाना सहित कारवाही गरेको छ । आइतबार बजार अनुगमनका क्रममा मास्कको मुल्य दोब्बर लिएको पाए पछि उक्त सप्लायर्स कारवाही गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।
सप्लायर्सले प्रति पिस ४ रुपैंया ४६ पैसामा थोक खरिद गरेको डिस्पोजेबल सर्जिकल मास्क ८ रुपैंया ३८ पैसामा बिक्री गरेको अनुगमनका क्रममा भेटिए पछि कारवाही गरेको पौडेलले जनाउनुभयो । सप्लायर्सलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ दुईको क विपरित अनुचित व्यापारिक क्रियाकलाप गरी कसुर गरेको भन्दै जरिवाना सहित कारवाही गरेको विभागले जनाएको छ ।
निषेधज्ञाको समयमा बजारमा कालोवजारी गर्ने र अत्यावस्यक खाद्यबस्तु लगायतका सामाग्रीमा कृतिम अभाव सिर्जना गर्ने सप्लायर्स, कम्पनी तथा पसलहरुमा कडाइका साथ अनुगमन गरी कारवाही अघि बडाएको उहाँले जनाएका छन् ।

















