आज विश्व प्रेस स्वतन्त्रता दिवस

397

काठमाडौं । प्रत्येक बर्ष मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, पत्रकार सुरक्षाको समग्र अवस्थाको समीक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं पत्रकारिता पेसा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूको सम्मान गर्दै यो दिवस हरेक वर्ष आजैका दिन विश्वभरि मनाइन्छ ।

नेपालमा पनि सूचना र समाचार संप्रेषण गर्दै नागरिकको हक अधिकार संरक्षण र प्रवर्द्धनमा प्रेस क्षेत्रले पुर्याइरहेको योगदानको स्मरण गरी दिवस मनाइदैछ ।

सन् १९९३ को संयुक्त राष्ट्रसङ्घीय महासभाले अनुमोदन गरेपछि मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

यस वर्ष कोभिड-१९ को महामारीका कारण औपचारिक कार्यक्रम नभए पनि नेपाल पत्रकार महासङ्घ लगायतले प्रेस स्वतन्त्रताबारे डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन-प्रसारण मार्फत विविध कार्यक्रम आयोजना गरी दिवस मनाउँदैछन् ।

यस वर्षका लागि सार्बजनिक वस्तुका रुपमा सूचना’ भन्ने नारा तय गरिएको छ ।

नेपाल पत्रकार महासंघका अनुसार, नेपालमा यसबर्ष ४५ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरू भएका छन् । जसबाट ५८४ पत्रकार कुनै न कुनै रुपमा पिडित भएका छन् । कोरोना महामारीले कतिपय श्रमजीवि पत्रकारहरु विस्थापित हुनुपर्ने बाध्यता रहेको समेत महासंघले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here