म्यानमारमा सैनिक शासनविरुद्ध प्रदर्शन गरिरहेका सातजनाकाे हत्या

173

एजेन्सी ।  म्यानमारको सेनाले सैनिक शासनविरुद्ध प्रदर्शन गरिरहेका सातजनालाई गोली प्रहार गरी हत्या गरेको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार दुईजनालाई स्वेबो जिल्लाको वेटलेटसहर, दुईजनाको सान राज्य तथा हिसपावा, नोवङकिओ र हपाकान्तमा एक-एक जनाको हत्या गरिएको हो।

१ फेब्रुअरीमा शासन हातमा लिएपछि हालसम्म म्यानमारमा म्यानमारको सेनाले सात सय ५९ जनाको हत्या गरिसकेको छ। म्यानमारको सेना र सशस्त्र समूहहरू बीच झडप पनि तीव्र बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here